कोशी, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना

कोशी र मधेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

काठमाडौँ– देशको पश्चिम र मध्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी र मधेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो कोशी प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकीका उच्च–पहाडी तथा हिमाली भूभागमा हल्का वर्षासहित हिमपातसमेत हुनेछ। 

यसैगरी, राति कोशी प्रदेशका थोरै तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।