राष्ट्रिय क्रिकेट टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा पोथस नियुक्त

स्कटल्यान्डमा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग२ का लागि क्यानले दक्षिण अफ्रिकी प्रशिक्षक निक पोथसलाई कन्सल्ट्यान्ट प्रशिक्षक नियुक्त गरेको छ। 

काठमाडौँ– राष्ट्रिय क्रिकेट टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा निक पोथस नियुक्त भएका छन्। 

नेपाल क्रिकेट संघ (क्यान)ले स्कटल्यान्डमा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग२ का लागि दक्षिण अफ्रिकी प्रशिक्षक पोथसलाई कन्सल्ट्यान्ट प्रशिक्षक नियुक्त गरेको हो। 

पोथससँग श्रीलंका, वेस्ट इन्डिज र बांग्लादेशका राष्ट्रिय टोलीसँग आबद्ध रहेको अनुभव छ। नेपाली राष्ट्रिय क्रिकेट पुरुष टोली आईसीसी विश्वकप क्रिकेट लिग२ अन्तर्गत त्रिकोणात्मक शृंखलाको तयारीमा छ। 

जेठ १९ देखि २९ गतेसम्म स्कटल्यान्डमा हुने उक्त शृंखलामा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन्।

पोथसको सहयोगमा नेपाली टोलीले प्रदर्शनमा सुधारसहित उत्कृष्ट खेल्ने अपेक्षा गरिएको क्यानका जनाएको छ।