स्पेसएक्सको स्टारसिप मेगारकेट हिन्द महासागरमा विस्फोट

स्पेसएक्सका अनुसार, यान तीव्र गतिमा विखण्डित हुँदै हिन्द महासागरमा खस्नुअघि नै टुक्रा–टुक्रा भएको थियो।

स्पेसएक्सको प्रोटोटाइप स्टारसिप मंगलबार हिन्द महासागरमा विस्फोट भएको छ। यससँगै अर्बपति एलन मस्कको रकेटको पछिल्लो परीक्षण उडान पुनः असफल भएको छ।

अहिलेसम्म निर्माण गरिएको सबैभन्दा ठूलो र शक्तिशाली मानिएको रकेट साँझ ६ः३६ बजे स्टारबेसबाट उडेको थियो। 

मानवविहीन यान प्रक्षेपण गरिएको ३० मिनेटपछि नियन्त्रणबाहिर गएको अलजजिराले बताएको छ।

स्पेसएक्सका अनुसार, यान तीव्र गतिमा विखण्डित हुँदै हिन्द महासागरमा खस्नुअघि नै टुक्रा–टुक्रा भएको थियो।