सुनचाँदीको मूल्यमा सामान्य गिरावट

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य १ लाख ९० हजार ९०० रुपैयाँ कायम भएको छ।

काठमाडौँ– सोमबारको तुलनामा आज सुनचाँदीको मूल्य केही घटेको छ।  सुन तोलामा २०० र सोही परिमाणको चाँदी १० रुपैयाँले घटेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य १ लाख ९० हजार ९०० रुपैयाँ कायम भएको छ। त्यति नै परिमाणको चाँदीको मोल १ हजार ९९५ रुपैयाँ निर्धारण भएको छ। 

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस तीन हजार ३५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।