लिभरपुल र आर्सनलसँगै म्यानचेस्टर सिटी, चेल्सी र न्यूक्यासल युनाइटेडले यूईएफए च्याम्पियन्स लिगमा स्थान पक्का गरेका छन्।
काठमाडाैँ– लिभरपुल र आर्सनलसँगै म्यानचेस्टर सिटी, चेल्सी र न्यूक्यासल युनाइटेडले यूईएफए च्याम्पियन्स लिगमा स्थान पक्का गरेका छन्।इंग्लिस प्रिमियर लिगको अन्तिम दिन आइतबारको नतिजासँगै सिटी, चेल्सी र न्यूक्यासलले च्याम्पियन्स लिगमा आफ्नो स्थान पक्का गरेका छन्।
एस्टन भिल्ला र नटिंघम फरेस्ट भने शीर्ष पाँचमा पुग्न असफल हुँदा लिगमा स्थान बनाउनबाट चुकेका छन्। म्यानचेस्टर युनाइटेडविरुद्ध खेलमा भिल्लाले गरेको एक गोल रद्द गरिएको थियो। त्यसको केही क्षणमै गोल खाएपछि खेलमा पछि पर्यो र अन्ततः २–० को हार बेहोर्दै च्याम्पियन्स लिगमा आफ्नो स्थान गुमायो। भिल्ला ६६ अंकसहित छैटाैँ स्थानमा सीमित रह्यो।
चेल्सीले नटिंघम फरेस्टलाई १–० ले पराजित गर्दै ६९ अंकसहित चौथो स्थानमा लिग टुङ्ग्यायो। ६५ अंकसहित सातौँ स्थानमा रहेको नटिंघम भने च्याम्पियन्स लिगमा छनोट हुन असफल रह्यो।
यस्तै, फुलहमलाई २–० ले हराउँदै सिटीले तेस्रो स्थानमा प्रिमियर लिगको अन्त्य गरेको छ। ३८ खेलबाट सिटीले ७१ अंक जोडेको छ भने ५४ अंकसहित फुलहम ११औँ स्थानमा रह्यो।
न्यूक्यासल एर्भटनसँग १–० ले पराजित भए पनि ६६ अंकसहित पाँचौं स्थानमा रहँदै च्याम्पियन्स लिगमा पुगेको छ। एभर्टन ४८ अंकसहित १३औँ स्थानमा रह्यो।
यस सिजनको उपविजेता आर्सेनल रह्यो भने लिभरपुलले उपाधि जित्यो। शीर्ष पाँच टोलीसहित युरोपा लिग च्याम्पियन टोटनहम गरि प्रिमियर लिगका छ टोलीले अर्को सिजन च्याम्पियन्स लिग खेल्नेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
