पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

काठमाडौँ– देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। 

दिउँसो कोशी, मधेश र बागमतीमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी र बागमतीसहित देशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

यसैगरी, राति कोशी र मधेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा राति पनि हल्का हिमपातको सम्भावना छ।