यूएईमा शनिबार ५१.५ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ। यो मरुभूमि राष्ट्र विश्वको सबैभन्दा तातो क्षेत्रहरूमध्ये एक हो भने जलवायु परिवर्तनका लागि संवेदनशील मानिन्छ।
संयुक्त अरब इमिरेट्स (यूएई)को तापक्रम लगातार दोस्रो दिन शनिबार ५१.६ डिग्री सेल्सियस पुगेको राष्ट्रिय मौसम विज्ञान केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार लगातार दोस्रो दिन मे महिनाको तापक्रमको रेकर्ड तोड्दै शनिबार ५१.६ डिग्री सेल्सियस पुगेको हो।
“आज यूएईको स्थानीय समयअनुसार २:४५ बजे स्वेइहान (अल ऐन) मा ५१.६ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ,” केन्द्रले शनिबार जारी विज्ञप्तिमा उल्लेख छ।
अबुधाबी क्षेत्रमा शुक्रबार रेकर्ड गरिएको तापक्रमभन्दा यो १.२ डिग्री सेल्सियस बढी तापक्रम मापन गरिएको कार्यालयले जनाएको छ। यसअघि सन् २००९ को मेमा ५०.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो।
यूएई पृथ्वीको सबैभन्दा तातो क्षेत्रहरूमध्ये एक मानिन्छ। यो क्षेत्र विशेष गरी जलवायु परिवर्तनको लागि संवेदनशील छ।
यूएई विश्वको एक शीर्ष वैश्विक तेल निर्यातकर्ता मुलुक हो भने यहाँको ठूलो क्षेत्र सुख्खा वातावरण (मरुभूमि)का लागि चिनिन्छ।
वैज्ञानिकहरूले यहाँ बारम्बार देखिने वायुको उष्ण लहर विश्वव्यापी तापक्रम वृद्धिको स्पष्ट संकेत भएको बताएका छन्। विगत तीन दशकमा विश्वमा अत्यधिक गर्मी हुने दिनको संख्या झन्डै दोब्बर भएको छ।
ग्रीनपीसको एक अध्ययनअनुसार सन् २०२२ मा जलवायु परिवर्तनका कारण मध्यपूर्वमा पानी र खाद्यान्नको अभावका साथै भीषण गर्मीको लहरको उच्च जोखिम देखिएको थियो।
यूएई लगायत ६ वटा देशलाई केन्द्रित गरी तयार पारिएको उक्त प्रतिवेदनमा यो क्षेत्र विश्वको औसतभन्दा झन्डै दुई गुणा बढी तापक्रम वृद्धि भइरहेको र यसले गर्दा यहाँको खाद्यान्न र पानीको आपूर्ति जलवायु परिवर्तनका लागि ‘अति संवेदनशील’ भएको पाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
