लाइट हुँदा चालकहरूले ट्राफिक नियम पालना गर्न सजिलो हुन्छ । तर नभएको अवस्थामा चोकमा प्रहरीले उभिएर हातको इशाराले ट्राफिक व्यवस्थापन गर्नुपर्ने बाध्यता छ ।
काठमाडौँ– काठमाडौँ उपत्यकामा बढ्दो शहरीकरण र सवारीको चापलाई व्यवस्थापन गर्न ६९ स्थानमा ट्राफिक लाइट जडान गरिएका छन्। त्यसमध्ये २८ वटा लाइट बिग्रिएर थन्किएको महिनौँ भयो । यी लाइट मर्मत गरेर सञ्चालनमा ल्याउन कुनै पनि सरकारी निकायले चासो देखाएका छैनन्।
आन्दोलनकारीको तोडफोड, चट्याङका कारण र प्रविधिगत वा विद्युत् प्रणालीको समस्याका कारणले बिग्रिएका लाइट बिग्रिएको उपत्यका ट्राफिक महाशाखाका प्रवक्ता एसएसपी दीपक गिरी बताउँछन्। “ट्राफिक प्रहरीले न लाइट मर्मत गर्ने बजेट पाउँछ, न प्राविधिक जनशक्ति नै,” प्रवक्ता दीपक गिरी भन्छन्, “बिग्रिएका लाइट सडक विभाग र सम्बन्धित महानगरपालिकाले मर्मत गर्नुपर्छ।’
गिरीका अनुसार, हाल काठमाडौँमा ५२, ललितपुरमा १२ र भक्तपुरमा पाँच स्थानमा ट्राफिक लाइट जडान गरिएको छ। तीमध्ये काठमाडौँका २०, ललितपुरका ३, भक्तपुरको १ र पैदलयात्रीका लागि छुट्टिएको काठमाडौँका ४ स्थानमा ट्राफिक लाइट अवरुद्ध छ। प्रयोगमा भएका ६९ वटा ट्राफिक लाइटमध्ये ४१ वटा मात्रै अहिले सञ्चालनमा छन् ।
ट्राफिक लाइट नहुँदा ट्राफिक व्यवस्थापनमा मानव जनशक्ति प्रयोग गर्नुपर्ने बाध्यता रहेको गिरीले बताए। “लाइट हुँदा चालकलाई नियम पालना गर्न सजिलो हुन्छ,” गिरीले भने, “तर लाइट नभएको अवस्थामा चोकमा प्रहरी उभिएर हातको इसाराले ट्राफिक चलाउनुपर्छ। घाम, पानी, हावाहुरीले गर्दा प्रहरीमाथि थप दबाब पर्छ।”
ट्राफिक लाइट नहुँदा दुर्घटनाको सम्भावना बढेको गिरीको भनाइ छ। सवारी आवागमनको र मान्छेको चाप बढी भएको बेला दुर्घटनाको जोखिम बढ्ने गरेको छ। “ट्राफिक लाइट नहुँदा दुर्घटना हुने सम्भावना बढी हुन्छ। लाइट बलिरहेको ठाउँमा जथाभाबी बाटो काट्न सकिँदैन र दुर्घटना कम हुन्छ,” उनले भने, “तर ट्राफिक लाइट नहुँदा हातको इसाराले प्रहरीले सबैलाई व्यवस्थापन गरिहरेको हुन्छ। कुनैबेला सवारी आवागमन र पैदलयात्रुको चाप बढी भएको बेला हातको इसाराले पुग्दैन र दुर्घटनाको जोखिम बढ्छ।”
महाशाखाका अनुसार उपत्यकामा दैनिक दुई हजारदेखि दुई हजार ५०० चालक कारबाहीमा पर्ने गरेका छन्। मादक पदार्थ सेवन गरेर सवारी चलाउने १०० भन्दा बढी चालकलाई दैनिक नियन्त्रणमा लिने गरिएको छ। ट्राफिक प्रहरीले ब्रेथलाइजर र शंकास्पद अवस्थामा अस्पताल तथा युरिन परीक्षणमार्फत मापसे तथा लापसेको चेकजाँच गर्दै आएको छ।
तामझामसाथ ट्राफिक लाइट जडान गर्ने तर मर्मतसम्भार नगर्ने र जिम्मेवारी नलिने परिपाटीले प्रभावकारी बन्न सकेको छैन। ट्राफिक लाइट नभएका स्थानमा सवारीको चाप बढ्ने, नियम उल्लंघन हुने, सवारी भद्रगोल हुने जस्ता समस्या देखिएको महाशाखाले जनाएको छ। (नेपाल न्युज बैंक)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
