बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट शपथग्रहण गरेलगत्तै बालुवाटारस्थित केन्द्रीय बैंकको कार्यालय पुगेर गभर्नर पौडेलले पदभार ग्रहण गरेका हुन्।
काठमाडौँ– नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकमा पुगेर पदभार ग्रहण गरेका छन्।
बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट शपथग्रहण गरेलगत्तै बालुवाटारस्थित केन्द्रीय बैंकको कार्यालय पुगेर गभर्नर पौडेलले पदभार ग्रहण गरेका हुन्।
पौडेल नेपालको १८औँ गभर्नरका रूपमा केन्द्रीय बैंकको कार्यालय पुगेका हुन्। उनलाई गभर्नर सिफारिस समितिको सिफारिसअनुसार मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय बैंकको जिम्मेवारी दिने निर्णय गरेको थियो।
यो पनि: विलम्बले गभर्नर बनेका विश्व
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकार, कोलोम्बो प्लान काउन्सिलको अध्यक्ष तथा नेपाल उद्योग परिसंघको प्रमुख आर्थिक सल्लाहकारको रूपमा जिम्मेवारी निर्वाह गरिसकेका डा. पौडेल पछिल्लो समय काठमाडौँ विश्वविद्यालयमा प्राध्यापक थिए। उनले सन् २०१० मा अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयबाट कृषि तथा प्राकृतिक स्रोत अर्थशास्त्रमा विद्यावारिधि गरेका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
