कृषिमन्त्री इटोको टिप्पणीलाई मुख्य विपक्षी कन्स्टिच्युसनल डेमोक्रेटिक पार्टी अफ जापानका महासचिव जुन्या ओगावाले ‘अत्यन्त अनुचित, वास्तविकताबाट टाढा र असहनीय’ भन्दै आलोचना गरेका थिए।
जापानका कृषिमन्त्री टाकु इटोले चामलका बारेमा दिएको अभिव्यक्तिका कारण राजीनामा दिएका छन्।
चामलको बढ्दो मूल्यको सामना गरिरहेको जापानमा इटोले हालै एउटा भेलालाई सम्बोधन गर्दै आफूले चामल किन्न नपरेको बताएका थिए। “मैले आफै कहिल्यै चामल किनेको छैन किनभने मेरा समर्थकहरूले मलाई यति धेरै दान गरे कि म यसलाई व्यावहारिक रूपमा बेच्न सक्छु।”
चामलको अभावका कारण मूल्य आकासिएको जापानमा यो भनाइले ठूलो असर पारेको छ। गत महिना चामलको मूल्य सन् २०२४ अप्रिलको तुलनामा झन्डै दोब्बर थियो।
सन् २०२३ मा गर्मी मौसमका कारण खराब फसल र गत वर्ष ‘मेगाक्वेक’ चेतावनीद्वारा प्रेरित आपत्कालीन खरिद तथा पर्यटन उद्योगको वृद्धिका कारण चामलको मूल्य बढिरहेको छ।
इटोको टिप्पणीलाई मुख्य विपक्षी कन्स्टिच्युसनल डेमोक्रेटिक पार्टी अफ जापानका महासचिव जुन्या ओगावाले ‘अत्यन्त अनुचित, वास्तविकताबाट टाढा र असहनीय’ भन्दै आलोचना गरेका थिए। प्रधानमन्त्री सिगेरु इसिबाले पनि मन्त्रीको टिप्पणीलाई ‘अत्यन्त दुर्भाग्यपूर्ण’ भन्दै निन्दा गरे।
“अहिले चामलको बढ्दो मूल्यको समाधान गर्नु कृषिमन्त्रीको काम हो। म उहाँबाट समाधानको अपेक्षा गर्छु,” इसिबाले भने। विपक्षी दलहरूले इसिबाको अल्पमत सरकारविरुद्ध अविश्वासको प्रस्ताव दायर गर्नेसमेत धम्की दिएका छन्।
आफ्नो अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि बुधबार बिहान इटोले राजीनामा दिएका हुन्।(रासस/एएफपी)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
