आज कुन प्रदेशको मौसम कस्तो छ?

तापक्रम क्रमिक रूपमा घट्दै जाने तथा तराईमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने भएकाले दैनिक जनजीवनमा प्रभाव पर्नेछ।

काठमाडौँ– पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज हिमाली क्षेत्रमा हिमपात हुने भएको छ।

हिमपातका कारण हिमाली र पहाडी क्षेत्रमा चिसो बढ्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। यस्तै तापक्रम क्रमिक रूपमा घट्दै जाने तथा तराईमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने भएकाले दैनिक जनजीवनमा प्रभाव पर्नेछ।

हुस्सु र कुहिरोका कारण सडक तथा हवाई यातायात पनि प्रभावित हुनसक्ने महाशाखाको भनाइ छ। महाशाखाका अनुसार बिहान गण्डकी र बागमतीका पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ। 

दिउँसो भने सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ। बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ।