थाइल्यान्डले दिएको १५९ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ८० रन मात्र बनाउन सक्यो।
काठमाडौँ– आईसीसी महिला टी२० विश्वकप एशिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित भएको छ।
थाइल्यान्डले दिएको १५९ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ८० रन मात्र बनाउन सक्यो।
नेपालका लागि कविता कुँवरले सर्वाधिक २४ रन बताइन्। राजमति ऐरी २० रनमा अविजित रहिन्। रुविना क्षेत्री १२ रनमा क्याच आउट भइन्।
थाइल्यान्डकी ओनिचा कोन्चोम्फुले १९औँ ओभरमा ह्याट्रिक विकेट लिइन्।
त्यसअघि, थाइल्यान्डको टेर्डथाई क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै १५८ रनको योगफल बनाएको थियो।
थाइल्यान्डका लागि नान्नापात कोन्चारोएनकाइले २८ बलमा आठ चौकाको मद्दतमा ५० रन बनाइन्। नटाया बुचथमले ४२ बलमा पाँच चौकाको मद्दतमा ५० रन नै बनाइन्। अपिसारा सुवान्चोराथीले २९ तथा नथ्थकन चन्थमले १५ रन बनाइन्।
नेपालका लागि राजमति ऐरी र मनीषा उपाध्यायले समान १–१ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
