च्याम्पियन बार्सिलोना भिल्लारियलसँग ३–२ ले पराजित

भिल्लारियालको जितले उसलाई २०२२ पछि पहिलोपटक च्याम्पियन्स लिगमा पुनरागमन गराएको छ।

काठमाडौँ– लामिन यामाल र फर्मिन लोपेजले सानदार गोल गरे पनि बार्सिलोना भिल्लारियलसँग ३–२ ले पराजित भएको छ। यसअघि नै ला लिगा च्याम्पियन बनिसकेको बार्सिलोना घरेलु मैदानमा अग्रता जोगाउन सकेन। 

भिल्लारियल पहिलो हाफको धेरै समय दबाबमा रह्यो, तर दोस्रो हाफको पाँचौं मिनेटमा सान्ती कोमेसानाले येरेमी पिनोको उत्कृष्ट थ्रु बलमा गोलकिपर मार्क–आन्द्रे टर स्टेगनलाई छलेर बराबरी गरे। परिवर्तित ताजोन बुकेननले ८० औं मिनेटमा निर्णायक गोल गरे।

३८ औं मिनेटमा यामालले आफ्नो ट्रेडमार्क शैलीमा नवौं लिग गोल गरे। फर्मिनले पहिलो हाफको इन्जुरी समयको पाँचौं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए।

 

भिल्लारियालको जितले उसलाई २०२२ पछि पहिलोपटक च्याम्पियन्स लिगमा पुनरागमन गराएको छ। अब बार्सिलोना, रियल मड्रिड, एट्लेटिको मड्रिड र एथ्लेटिक बिल्बाओसँगै पाँचौं स्पेनिस टोलीको रूपमा भिल्लारियालले अर्को सिजन युरोपको सबैभन्दा ठूलो क्लब प्रतियोगिता खेल्नेछ।