वुमेन्स एफए कपमा म्यानचेस्टर युनाइटेडलाई ३–० ले पराजित गर्दै चेल्सीले उपाधि हात पारेको हो।
काठमाडौँ– वुमेन्स एफए कपमा म्यानचेस्टर युनाइटेडलाई ३–० ले पराजित गर्दै चेल्सीले उपाधि हात पारेको छ।
लन्डनस्थित वेम्बली स्टेडियममा गएराति भएको खेलमा फ्रान्सकी अन्तर्राष्ट्रिय खेलाडी स्यान्डी बाल्टिमोरले पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत गोल गर्दै चेल्सीलाई अग्रता दिलाइन्। खेलको ८४औँ मिनेटमा उनले दिएको पासमा क्याटारिना माकारियोले गोल गरिन्। इन्जुरी समयमा स्यान्डीले दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरिन्।
यसअघि चेल्सीले सिटीलाई हराएर लिग कप जितेको थियो। वुमेन्स सुपर लिगमा चेल्सी २२ खेलमध्ये कुनै पनि नहारी अपराजित सिजन सम्पन्न गर्ने पहिलो टोली बनेको थियो।
सोनिया बोम्पास्टोरको प्रशिक्षकत्वमा पहिलो सिजनमै चेल्सीले यो ऐतिहासिक सफलता हात पारेको हो। यो सिजन चेल्सीले सबै प्रतियोगितामा जम्मा दुई खेल मात्र हारेको छ। ती दुवै युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा बार्सिलोनाविरुद्ध थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
