नेकपा एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभागप्रमुख आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा जिप दुर्घटना हुँदा निधन भएको थियो।
कीर्तिपुर– नेकपा एमालेका नेताद्वय जीवराज आश्रित र मदनकुमार भण्डारीको ३२औँ स्मृति दिवस शनिबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
यस अवसरमा मदन नगर बल्खुमा रहेको मदन भण्डारीको प्रतिमामा माल्यार्पण तथा स्मृतिसभा गरिएको छ। कार्यक्रममा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलगायत उपस्थित थिए।
एमालेका पोलिटब्युरो सदस्य कृष्णगोपाल श्रेष्ठका अनुसार बल्खुमा एमालेको केन्द्रीय कार्यालय बनाउन मदन भण्डारीले अगुवाइ गरेका थिए।
२०४६ सालको जनआन्दोलन सफल भएसँगै सो पार्टीले राजधानीको बागबजारस्थित नेकपाका संस्थापक नेता नारायणविलास जोशीको घरमा केन्द्रीय कार्यालय राखेको थियो। त्यसपछि सो कार्यालय बल्खुमा सारिएको थियो।
२०७२ सालको भूकम्पबाट कार्यालयमा क्षति पुगेकाले प्रयोग नै गर्न नसकिने भएपछि भत्काएको थियो। उक्त परिसरको मध्यभागमा मदन भण्डारीको प्रतिमा रहेको छ।
त्यसपछि एमाले कार्यालय कहिले धुमबाराही त कहिले थापाथली सारिएको थियो। हाल एमाले केन्द्रीय कार्यालय च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा रहेको छ। मदन–आश्रित स्मृति दिवसका दिन भने बल्खुस्थित सोही कार्यालय र त्यहाँको मदन भण्डारीको प्रतिमाले विशेष महत्त्व पाउने गरेको छ।
नेकपा एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभागप्रमुख आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा जिप दुर्घटना हुँदा निधन भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
