२१३ रनको विजयी लक्ष्य नेपालले ३७.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो। गुल्सन झाले सर्वाधिक ८० रन बनाए। आरिफ शेख ७३ रनमा नटआउट रहे।
काठमाडौँ– आईसीसी विश्वकप लिग२ को अभ्यास खेलमा नेपाल विजयी भएको छ।
यूकेमा रहेको नेपाली टोलीले पहिलो एक दिवसीय अभ्यास खेलमा शुक्रबार कार्डिफको न्युपोर्ट क्रिकेट क्लबलाई ३ विकेटले हराएको हो। २१३ रनको विजयी लक्ष्य नेपालले ३७.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो।
नेपालका लागि गुल्सन झा र आरिफ शेखले अर्धशतक बनाए। गुल्सनले नेपालका लागि सर्वाधिक ८० रन बनाए भने आरिफले ९८ बलमा नटआउट ७३ रनको योगदान दिए। उनीहरूले आरिफ र गुल्सनले सातौँ विकेटका लागि १३४ रनको साझेदारी गरेका थिए।
त्यसअघि न्युपोर्टले ४२.३ ओभरमा अलआउट हुँदै २१२ रन जोडेको थियो। टोलीका लागि ओपनर विल त्रिप्कोलीले सर्वाधिक ११८ रन बनाए। नेपालका कुशल भुर्तेलले ३ विकेट तथा दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए। रिजन ढकाल, ललित राजवंशी र सोमपाल कामीका नाममा समान १-१ विकेट रह्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
