यस वर्षको पहिचान पुरस्कार अर्जुनबाबु माबोहाङ र अमित थेवे मिहाङद्वारा संकलित ‘सिरिजंगा, फाल्गुनन्द र ईमानसिंह चेम्जोङका लेखोट’ र कविता राईको ‘गुरु’ उपन्यासलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ।
काठमाडौँ– पहिचान पुरस्कार कोषले २०७८/२०७९ को पहिचान पुरस्कार दुई कृतिलाई संयुक्त रूपमा दिने भएको छ। कोषले अर्जुनबाबु माबोहाङ र अमित थेबे मिहाङद्वारा संकलित ‘सिरिजंगा, फाल्गुनन्द र ईमानसिंह चेम्जोङका लेखोट’ र कविता राईको ‘गुरु’ उपन्यासलाई संयुक्त रूपमा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
लालीगुराँस नगरपालिकाको नगर प्रमुखसमेत रहेका माबोहाङ लिम्बू जातिको विषयमा खोज अनुसन्धान गर्छन्। समाजसेवी मिहाङ हाल रोजगारीका लागि बेलायतमा रहेका छन्। ‘सिरिजंगा, फाल्गुनन्द र ईमानसिंह चेम्जोङका लेखोट’ उनीहरूको संकलन र लेखनमा प्रकाशित भएको पुस्तक हो। धरानको वीजपुरमा क–कसले राज्य गर्यो र सेनवंशीहरूको उदय कसरी भयो भन्ने विषय पुस्तकमा समेटिएको छ।
शिक्षिकासमेत रहेकी राईले गुरु उपन्यास जनजिब्रोमा जोडिएको भाषा शैलीमा लेखिएकी छन्। उनले जनयुद्धको विषयलाई पनि तटस्थ रूपमा उपन्यासमा समावेश गरेकी छन्। उपन्यासमा पूर्वी पहाडदेखि पश्चिम लमजुङको दुरा डाँडासम्मको कथा र पात्रहरू जोडिएका छन्।
संस्थाले जनाएअनुसार, चैत्र ४ गते भोजपुरको चखिया डाँडामा पुरस्कार वितरण गरिने छ। गत वर्ष पनि चखिया डाँडामा चैत्र ४ गते नै पुरस्कार प्रदान गरिएको थियो। चैत्र ५ गते एकदिने ‘काब्य मुन्दुम पथ यात्र’ गर्ने तालिका तय भएको संस्थाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
