रेस नेपालको आयोजनामा यही जेठ २४ गते शनिबार काठमाडौँ र ललितपुरका सम्पदा जोड्ने गरी सम्पदा दाैड (नेपाल हेरिटेज रन) हुने भएको छ।
काठमाडाैँ– रेस नेपालको आयोजनामा यही जेठ २४ गते शनिबार काठमाडौँ र ललितपुरका सम्पदा जोड्ने गरी सम्पदा दाैड (नेपाल हेरिटेज रन) हुने भएको छ।
विश्व दाैडको साझा संस्था 'एसोसियसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस' (एम्स)को बोर्ड बैठक नेपालमा आयोजना हुन लागेको सन्दर्भ पारेर हेरिटेज रन शुरू गर्न लागिएको हो। विश्व सम्पदा सूचीमा परेका सम्पदाहरू जोड्ने गरी २५ किमी दुरीको दौडको रुट तयार गरिएको छ। नेपालमा पहिलो पटक हुन लागेको हेरिटेज रनले खेलाडीलाई उत्साह थप्ने अपेक्षा आयोजक रेस नेपालले लिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट शुरू भई सुन्धारा, न्युरोड, काठमाडौँ दरबार स्क्वायर, रानीपोखरी, दरबारमार्ग, कमलपोखरी, गौशाला, पशुपतिनाथ, तीनकुने, ग्वार्को, पाटन दरबार स्क्वायर, पुलचोक, थापाथलीहुँदै दशरथ रंगशाला पुगेर २५ किमी दौड पूरा हुनेछ। यससँगै विद्यालयस्तरीय विद्यार्थी र भेट्रानतर्फ ५ किमी दौड समावेश गरिएको छ। तीन वटै विधाका दौडका लागि दर्ता खुला भइसकेको आयोजकले जनाएको छ। नगद पुरस्कार चाँडै घोषण गरिने छ।
एम्सको बोर्ड बैठकलगत्तै जेठ २३ गते शुक्रबार 'नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्स' हुँदैछ। दाैडसम्बन्धी यस्तो सभा दक्षिण एशियामै पहिलोपटक नेपालमा हुनलागेको एम्स दूत तथा कन्फ्रेन्स अध्यक्ष टीएस ठकुरीले बताए।
"निजी तथा सरकारी दुवैको उत्साहजनक साथ पाए हरेक वर्ष नेपालमा कन्फ्रेन्स र हेरिटेज रन निरन्तरता दिइनेछ," धारा नेपालगन्ज म्याराथनका संस्थापकसमेत रहेका टीएस ठकुरीले भने– "अन्तर्राष्ट्रियस्तरका धावक वा आयोजकहरूलाई नेपाल ल्याउने यो प्रभावकारी माध्यम बन्न सक्छ, यसले नेपालको खेल पर्यटनमा योगदान गर्नसक्छ, यही सोचबमोजिम कन्फ्रेन्स र हेरिटेज रन परिकल्पना गरिएको हो।"
कन्फ्रेन्समा युरोप, अमेरिका, जापान, थाइल्याण्ड, मलेसिया, भियतनाम, इन्डोनेसिया, सिंगापुर लगायत दक्षिण एशियाली राष्ट्रहरू गरी दुई दर्जन बढी देशका प्रतिनिधिको सहभागिता रहने उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
