नेप्से परिसूचकमा लगातार पाँचौँ दिन गिरावट

नेप्से परिसूचक बिहीबार ८.४१ अंकले घटेर २६११.८५ को विन्दुमा कायम भएको हो।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा पछिल्लो पाँच कारोबार दिन पनि लगातार गिरावट देखिएको छ। निरन्तर घटिरहेको नेप्से परिसूचक बिहीबार ८.४१ अंकले घटेर २६११.८५ को विन्दुमा कायम भएको हो।

बिहीबार ३२० कम्पनीको एक करोड ७४ लाख २३ हजार ९४३ कित्ता शेयर ७८ हजार ४९३ पटक खरिदबिक्री हुँदा सात अर्ब आठ करोड ३३ लाख ४८ हजार २४० रुपैयाँ कारोबारको भएको हो। यस दिन ८२ कम्पनीको शेयर मूल्य बढ्दा १६४ कम्पनीको घटेको छ भने एउटा स्थिर अवस्थामा छ।

बिहीबार कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको मूल्य बढेको छ भने बाँकी आठ समूहको परिसूचक घटेको छ। यस दिन होटल समूहको परिसूचक सबैभन्दा बढी वृद्धि भएको छ भने विकास बैंक समूहको परिसूचक सबैभन्दा बढी घटेको छ।