उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको निधन

सन् २०१० देखि २०१५ सम्म उरुग्वेका राष्ट्रपति रहेका नेता मुहिका आफ्नो साधारण जीवनशैलीका कारण विश्वका ‘सबैभन्दा गरिब राष्ट्रपति’को उपनामले परिचित थिए।

उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिका ‘पेपे’को निधन भएको छ। उनको ८९ वर्षको उमेमा निधन भएको हो। 

उरुग्वेका वर्तमान राष्ट्रपति यामांडू ओरसीले मुहिकाको मृत्युको जानकारी दिए। उनले एक्समा लेखेका छन्, ‘तपाईंले हामीलाई जे जति दिनुभयो, त्यसका लागि धन्यवाद!’

मुहिका हातहतियार छोडेर उरुग्वेको राष्ट्रपति निर्वाचित भई राष्ट्रिय मेलमिलापको प्रतीक बनेका थिए। सन् २०१० देखि २०१५ सम्म उरुग्वेका राष्ट्रपति रहेका नेता मुहिका आफ्नो साधारण जीवनशैलीका कारण विश्वका ‘सबैभन्दा गरिब राष्ट्रपति’को उपनामले परिचित थिए।

एएफपीका अनुसार मुहिकाको मृत्यु कसरी भयो भन्नेबारे  स्पष्ट भएको छैन। सन् २०२४ मे महिनामा उनलाई क्यान्सर भएको पत्ता लागेको थियो।