भ्रमणका क्रममा साउदी अरबमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाविरुद्ध लगाइएका सबै प्रतिबन्ध हटाउने बताएका हुन्।
अमेरिकाले सिरियामाथिको प्रतिबन्ध हटाउने घोषणा गरेको छ। भ्रमणका क्रममा साउदी अरबमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाविरुद्ध लगाइएका सबै प्रतिबन्ध हटाउने बताएका हुन्।
“म सिरियालाई महानताको मौका दिनका लागि प्रतिबन्ध समाप्त गर्ने आदेश दिन्छु,” मंगलबार ट्रम्पले भने। ट्रम्पले बुधबार रियादमा सिरियाका राष्ट्रपति अहमद अल-शारालाई पनि भेट्ने अपेक्षा गरिएको छ। यसले सिरियाको अन्तर्राष्ट्रिय एक्लोपन अन्त्य हुनुपर्छ भन्ने विश्वलाई थप बल पुग्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
ट्रम्पको यस घोषणासँगै सिरियाको राजधानी दमास्कस र अन्यत्र उत्सव मनाइएको छ। यो कदमले देशको अर्थतन्त्रलाई उकास्न मद्दत गर्ने आशा गरिएको छ।
ट्रम्प आफ्नो दोस्रो कार्यकालको पहिलो आधिकारिक विदेश भ्रमणअन्तर्गत मंगलबारदेखि साउदी अरबको भ्रमणमा छन्।
ट्रम्पले साउदी अरबलाई अमेरिकाको सबैभन्दा बलियो साझेदार भन्दै भ्रमणको पहिलो दिन नै साउदीसँग १४२ अर्ब डलरको हतियार सम्झौता सार्वजनिक गरेका छन्।
ट्रम्पले २०१७ मा आफ्नो पहिलो कार्यकालको शुरूआत पनि साउदी भ्रमणबाट गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
