मंगलबार नेप्से परिसूचक १४.८७ अंकले घटेर २६३४.२३ को बिन्दुमा कायम भएको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट भएको छ। मंगलबार नेप्से परिसूचक १४.८७ अंकले घटेर २६३४.२३ को बिन्दुमा कायम भएको हो।
यस दिन ३१४ कम्पनीको दुई करोड १८ लाख २८ हजार २३१ कित्ता शेयर एक लाख दुई हजार ४४५ पटक खरिदबिक्री हुँदा नौ अर्ब ६३ करोड ४८ लाख १२ हजार ६१२ रुपैयाँ बराबरको कारोबार भएको छ।
विकास बैंक समूह ०.८८, जीवन बीमा ०.९५ र उत्पादन तथा प्रशोधन समूह ०.३४ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। बैंकिङ ०.३०, वित्त १.९१, होटल तथा पर्यटन २.२१, जलविद्युत् १.१८ र लगानी समूह ०.७९ प्रतिशतले घटेको छ।
त्यसैगरी, लघुवित्त ०.६९, म्युचुअल फन्ड ०.१८, निर्जीवन बीमा समूह ०.५९, व्यापार २.४६ र अन्य समूह ०.६० प्रतिशतले घटेको छ।
यस दिनको कारोबारमा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्युटिकल्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। गुराँस लघुवित्तको शेयर मूल्य ७.९३ प्रतिशतले घटेको छ।
कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा यस दिन युनिभर्सल पावर सबैभन्दा माथि छ। यो कम्पनीको ६७ करोड २० लाख ८५ हजार ८० रुपैयाँ बराबरको १५ लाख ४६ हजार ४८९ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
