हमासले इजरायली–अमेरिकी बन्धक एडेन अलेक्जेन्डरलाई रिहा गर्ने

हमासले अक्टोबर ७ मा पक्राउ गर्दा २१ वर्षीय अलेक्जेन्डर गाजा सीमामा रहेको विशेष सैन्य एकाइमा कार्यरत थिए।

गत महिना एडेनकी हजुरआमाले उनको रिहाइको लागि अपील गरेकी थिइन्। तस्वीर: रोयटर्स

हमासले इजरायली–अमेरिकी बन्धक एडेन अलेक्जेन्डरलाई रिहा गर्ने बताएको छ। एडेन अलेक्जेन्डर गाजामा हमासद्वारा बन्धक बनाइएका अन्तिम जीवित अमेरिकी नागरिक हुन्।

हमासले युद्धविराम सम्झौतामा पुग्ने प्रयासको एक भागको रूपमा यो कदम चालिरहेको छ। हमासको यो निर्णय यस्तो समयमा आएको हो जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार मध्यपूर्वको भ्रमणमा जाँदैछन्।

हमासले यसले गाजाका जनतालाई मानवीय सहायता प्रदान गर्न मद्दत गर्ने बताएको छ। विगत ७० दिनदेखि इजरायलले गाजामा मानवीय सहायता रोकेको छ। यसअघि, हमासका एक वरिष्ठ अधिकारीले बीबीसीलाई बताएअनुसार प्यालेस्टिनी सैन्य समूह कतारमा अमेरिकी प्रशासनका एक अधिकारीसँग प्रत्यक्ष वार्तामा छ।

यसैबीच, इजरायलको प्रधानमन्त्री कार्यालयले अमेरिकाले इडेन अलेकजेन्डरको रिहाइको बारेमा पहिले नै जानकारी गराएको बताएको छ। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म 'ट्रुथ सोशल' मा एडन अलेकजेन्डरको रिहाइको पुष्टि गरेका थिए।

विपिन जोशी जीवित रहेकामा इजरायली अधिकारीहरूको आशंका‍

एडन अलेकजेन्डरको जन्म इजरायलको तेल अभिभमा भएको थियो तर उनको हुर्काइ अमेरिकाको न्यु जर्सीमा भएको थियो। २०२३ अक्टोबर ७ मा हमासले पक्राउ गर्दा २१ वर्षीय अलेक्जेन्डर गाजा सीमामा रहेको विशेष सैन्य एकाइमा काम गरिरहेका थिए।