भारतको अरुणान्चलस्थित गोल्डेन जुबिली रंगशालामा आइतबार राति सम्पन्न खेलमा श्रीलंकालाई ५-० ले हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको हो।
काठमाडाैँ– नेपाली टोली भारतमा भइरहेको साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। भारतको अरुणान्चलस्थित गोल्डेन जुबिली रंगशालामा आइतबार राति सम्पन्न खेलमा श्रीलंकालाई ५-० ले हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको हो।
पहिलो चार मिनेटको अतिरिक्त समय सकिन केही सेकेन्ड बाँकी रहँदा सुजन डंगोलले गोल गर्दै नेपाललाई शुरूआती अग्रता दिलाएका थिए। दोस्रो हाफमा नेपालको तर्फबाट धर्वेन्द्र कुँवर, सुवास बम, विज्ञान खड्का र लछु थापाले गोल गर्दै ५-० को सहज जित निकाल्न सफल भयो।
समूह ‘बी’ को पहिलो खेलमा भारतले श्रीलंकालाई ८-० ले हराएको थियो। नेपालको यो जितसँगै भारत पनि एक खेलअगाबै सेमिफाइनलमा प्रवेश गरेको छ। श्रीलंका भने जित, अंक र गोलविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
नेपालले मंगलबार भारतको सामना गर्नेछ। यो खेल जित्ने टोली समूह विजेता हुनेछ। नेपालले सन् २०१५ मा भएको पहिलो संस्करण र सन् २०१७ को १८ वर्षमुनिको संस्करण जितेको थियो।
पछिल्लो पटक भने नेपाल फाइनलमा बांग्लादेशसँग पराजित भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
