लुम्बिनी र सुदूरपश्चिममा हल्का वर्षाको सम्भावना

मधेश र लुम्बिनीका थोरै स्थानमा हावाहुरीसमेत चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

काठमाडौँ– देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

जसको प्रभावले देशका अधिकांश स्थानमा आंशिकदेखी साधारणतया बदली रहेको छ। दिउँसो लुम्बिनी र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। 

यी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना छ। मधेश र लुम्बिनीका थोरै स्थानमा हावाहुरीसमेत चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसैगरी, राति पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी र गण्डकीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमाली भूभागका एक-दुई स्थानमा हिमपातसमेत हुने सम्भावना रहेको  छ।