वर्षाका कारण ५ ओभरमा झारिएको खेलमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको हो।
काठमाडौँ– थाइल्यान्डमा जारी आईसीसी महिला टी२० विश्वकप एशिया छनोटमा नेपालले बहराइनलाई ९ विकेटले पराजित गरेको छ।
वर्षाका कारण ५ ओभरमा झारिएको खेलमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको हो।
टेर्डथाई क्रिकेट मैदानमा नेपालका लागि कविता कुँवरले र सम्झना खड्काले समान १८ र कप्तान इन्दु बर्माले २ रन बनाइन्।
त्यसअघि बहराइनले कप्तान रसांगिकाको ३४ रनको मद्दतमा ४१ रन बनाएको थियो। नेपालकी पूजा महतोले १ विकेट लिइन्।
यसअघि नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो।
प्रतियोगितामा आयोजक थाइल्यान्डसहित नेपाल, हङकङ, यूएई, मलेसिया, बहराइन, कतार, भुटान र कुवेत छन्। नेपाल समूह ‘सी’मा छ। उक्त समूहमा हङकङ र बहराइन रहेका छन्।
लिग चरणपछि हरेक समूहमा शीर्षस्थानमा रहने टोली सुपर तीनमा पुग्ने छन्। त्यसबाट शीर्ष २ टोली ग्लोबल छनोट चरणमा पुग्ने छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
