पीएसजीले आर्सनल र इन्टर मिलानले बार्सिलोनालाई हराउँदै फाइनलमा पुगेका हुन्। फाइनल खेल जुन १ मा हुनेछ।
काठमाडौँ– युरोपेली च्याम्पियन्स लिगको उपाधिका लागि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र इटालीको क्लब इन्टर मिलान भिड्ने भएका छन्। पीएसजी इंग्लिस क्लब आर्सनल र इन्टर स्पेनिस क्बल बार्सिलोनालाई हराउँदै फाइनलमा पुगेका हुन्।
बुधबार राति सेमिफाइनलको दोस्रो लेगमा आर्सनललाई २-१ गोलले पराजित गर्दै पीएसजीले उपाधि भिडन्त तय गर्यो। घरेलु मैदानमा फ्याबियन रूइजले २७औँ मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाए। ७२औँ मिनेटमा हाकिमीले अग्रता दोब्बर पारे।
७६औँ मिनेटमा बुकायो साकाले एक गोल फर्काएका थिए। सेमिफाइनलको पहिलो लेगमा पीएसजी १-० ले विजयी भएको थियो। पीएसजी समग्रमा ३-१ गोलको नतिजासहित फाइनलमा पुगेको हो।
फाइनल खेल जुन १ मा हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
