बारामा गोली प्रहारबाट भारतीय नागरिकको मृत्यु

बाराको महागढीमाई नगरपालिका-२ भुतहीमा गोली चल्दा भारतीय नागरिकको मृत्यु भएको छ।

काठमाडौँ– बारामा शुक्रबार बेलुका गोली चल्दा एक जनाको मृत्यु भएको छ। महागढीमाई नगरपालिका-२ भुतही पुलनजिकै अज्ञात समूहले चलाएको गोली लागेर एक भारतीय नागरिकको मृत्यु भएको हो।

गोली लागी गम्भीर घाइते भएका भारतीय नागरिक ४५ वर्षीय शिवपुजनप्रसाद यादवको मृत्यु भएको बारा प्रहरीले जनाएको छ। उनको उपचारको क्रममा वीरगन्जस्थित न्युरो अस्पतालमा मृत्यु भएको बारा प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता राजेश थापाका अनुसार शुक्रबार बेलुकी साढे ५ बजेतिर गोली चलेको हो। यादवको छातीमा गोली लागेको थियो। उनलाई उद्धार गरी वीरगन्जस्थित न्यूरो अस्पतालमा लगिएको थियो। उनको उपचारका क्रममा साढे ६ बजे मृत्यु भएको हो।