राष्ट्रबैंकले अर्थमन्त्रालयलाई बुझायो पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन

राष्ट्रबैंकका कायममुकायम गभर्नर डा नीलम ढुंगाना तिम्सिनाले बुधबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएकी हुन्।

काठमाडौँ– नेपाल राष्ट्रबैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ।

राष्ट्रबैंकका कायममुकायम गभर्नर डा नीलम ढुंगाना तिम्सिनाले बुधबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएकी हुन्। कायममुकायम गभर्नर तिम्सिनाले देशका विभिन्न ठाउँमा पुगेर अध्ययन तथा छलफल गरी प्रतिवेदन तयार पारेको जानकारी गराइन्।

सो अवसरमा अर्थमन्त्री पौडेलले राष्ट्रबैंकको प्रतिवेदनले आगामी आर्थिक वर्षको बजेट निर्माणमा महत्त्वपूर्ण सहयोग पुर्‍याउने बताएको उनको सचिवालयले जनाएको छ।