बढ्यो सुनको मूल्य

अघिल्लो दिनको तुलनामा प्रतितोला ५ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काठमाडौँ– नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला ५ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५ सयले बढेर एक लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुन तोलाको एक लाख ८४ हजार १०० मा कारोबार भएको थियो।

आज चाँदी भने तोलामा स्थिर रहेको छ। आइतबार एक हजार ९१० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।