यस्तो रहनेछ सोमबार देशभरको माैसम

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

काठमाडाैँ– माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडीबाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।

यसले गर्दा सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाको पूर्वानुमान छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। हिमाली भूभागका थोरै स्थानहरूमा पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

यस्तै, राति पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहनेछ। पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना समेत रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।