दोस्रो चरणको क्याम्पका लागि छानिए २५ खेलाडी, कुशल मल्ल अटाएनन्

मूलपानीमा सञ्चालन भएको कोर क्याम्पबाट २८ खेलाडी बाहिरिएका हुन्। टोलीमा निरन्तर रहँदै आएका कुशल मल्लले यस पटक भने स्थान बनाउन सकेनन्।

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको दोस्रो चरणको क्याम्पका लागि २५ खेलाडीको नाम सार्वजनिक गरेको छ। 

मूलपानीमा सञ्चालन भएको कोर क्याम्पबाट २८ खेलाडी बाहिरिएका हुन्। टोलीमा निरन्तर रहँदै आएका कुशल मल्लले यस पटक भने स्थान बनाउन सकेनन्। 

अन्तिम २५ मा परेका खेलाडीहरूमा रोहित पौडेल (कप्तान), आशिफ शेख, कुशल भुर्तेल, अनिल साह, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, अर्जुन साउद, बसीर अहमद, दिलीप नाथ, आरिफ शेख, युवराज खत्री र किरण ठगुन्ना रहेका छन्। 

यसैगरी, सन्दीप लामिछाने, ललित राजवंशी, शहाब आलम, सोमपाल कामी, करण केसी, नन्दन यादव, प्रतीस जीसी, रिजन ढकाल, आकाश चन्द, रुपेश सिंह, लोकेश बम र शुभ कंसकारले दोस्रो चरणको क्याम्पका लागि स्थान बनाएका हुन्। 

कोर क्याम्पमा चार टोली बनाएर प्रतियोगिता गरिएको थियो। नवनियुक्त अस्ट्रेलियन प्रशिक्षक स्टुआर्ट ल आएपछि यो प्रतियोगिता गरिएको थियो। 

शुक्रबार क्यानले टोलीको मे महिनामा हुने यूके टुरको खेल तालिका सार्वजनिक गरेको थियो।