प्रतियोगिताको उद्घाटन खेलमा शनिबार पोखरा एभेन्जर्स र काठमाडौँ नाइटसँग प्रतिष्पर्धा गर्नेछ।
काठमाडौँ– पहिलो संस्करणको नेपाल टी–२० क्रिकेट लिग प्रतियोगिताको विजेताले ५५ लाख नगद पुरस्कार पाउने भएको छ। शुक्रबार काठमाडौँमा क्यानले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो।
प्रतियोगिताको उपविजेताले ३० लाख, तेस्रो स्थान हासिल गर्ने टिमले १० लाख र चौथोले ५ लाख रुपैयाँ पुरस्कार पाउने क्यानले जनाएको छ।
प्रतियोगिताको प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने क्यानले जनाएको छ। इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउनेछन्।
त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिता शनिवारबाट शुरू हुनेछ। पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीको सहभागिता रहने छ।
नेपाल टी-२० लिगको पहिलो संस्करणमा काठमाडौँ नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार सहभागी रहने छन्। प्रतियोगिताको उद्घाटन खेलमा शनिबार पोखरा एभेन्जर्स र काठमाडौँ नाइटसँग प्रतिष्पर्धा गर्नेछ। शनिबार नै हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार्स र फार वेस्टर्न युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ।
पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले खेलाडीलाई आत्मनिर्भर बनाउने नियतबाट नेपाल टी-२० को आयोजना गरिएको बताए। उनले नेपाली क्रिकेटलाई ध्वस्त बनाउन कुनै तत्त्व लागेको उल्लेख गर्दै व्यक्तिवादी स्वार्थका लागि क्रिकेटमा असर पर्न दिन नहुने बताए।
"क्रिकेटलाई ध्वस्त बनाउन कुनै तत्त्व लागेको छ, उनीहरूले कुनै निकाय छोडेका छैनन्। दक्षिण एशियामा सरकार चलाउनुभन्दा गाह्रो क्रिकेट चलाउन छ। मैले देखिरहेको पनि छु, गुट-उपगुट चिरेर अघि बढ्नुपर्छ", उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
