वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते शिकार गर्न बोलपत्र आह्वान गरी १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको शिकार गर्ने अनुमति दिएको थियो।
ढोरपाटन– नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो शिकारयाम सकिएको छ। दोस्रो याममा ११ नाउर र सात झारलमात्र शिकार भएको छ। वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते शिकार गर्न बोलपत्र आह्वान गरी १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको शिकार गर्ने अनुमति दिएको थियो।
शिकार खेल्नका लागि हिमालयन वाइल्डलाइफ आउटफिर्टस प्रालि, ट्रयाक्स एन्ड ट्रेल्स प्रालि, हिमालयन सफारिज प्रालि, ग्लोबल सफारिज नेपाल, नेपाल ट्राभल एक्सपिडिसन र ओपन नेपाल वाइल्डलाइफ सफारिज गरी छवटा कम्पनीले अनुमति पाएका थिए। वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागबाट अनुमति पाएका शिकारी ढोरपाटन शिकार आरक्षको फागुने, सुनदह, घुस्तुङ, दोगाडीलगायत ब्लकमा पुगेका थिए।
ढोरपाटन शिकार आरक्ष कार्यालयका रेन्जर सागर सुवेदीका अनुसार, चैत २६ गतेदेखि शिकारी ढोरपाटन आएका थिए। शिकारीले सुनदह ब्लकमा दुई नाउर र दुई झारल, घुस्तुङ ब्लकमा तीन नाउर र तीन झारल, दोगाडी ब्लकमा चार नाउर र एक झारल, फागुने ब्लकमा एक नाउर र एक झारल र बार्सेमा एक नाउरको शिकार थिए। १२ बँदेलको शिकार अनुमति दिए पनि एउटा पनि शिकार भएन।
दोस्रो याम (फागुन–वैशाख)का लागि वैशाख १६ गतेसम्म शिकारीले शिकार खेलेका थिए। सुवेदीका अनुसार हिमालयन वाइल्डलाइफ आउटफिर्टस काठमाडौँले शिकारीमार्फत दुई नाउर, दुई र दुई बँदेल शिकार गर्न अनुमति पाएको थियो। यो कम्पनीले एउटा नाउर र एउटा झारल मात्र शिकार गरेको छ। ट्रयाक्स एन्ड ट्रेल्स प्रालिमार्फत अमेरिकन शिकारीले दुई नाउर र दुई झारल शिकार गर्ने अनुमति पाएकामा सबै वन्यजन्तुको शिकार गरेको उनले बताए।
त्यसैगरी हिमालयन सफारिज प्रालि काठमाडौँमार्फत तीन शिकारीले तीन नाउर, एक झारलका लागि अनमति पाएकामा तीन नाउर र एक झारल शिकार गरेका छन्। ग्लोबल सफारिज नेपाल प्रालिमार्फत दुई शिकारीले दुई नाउर, एक झारल र दुई बँदेलको शिकार गर्ने अनुमति पाएका थिए। त्यसमध्ये दुई नाउर र एक झारलको शिकार गरेका छन्। नेपाल ट्राभल एक्सपिडिसन प्रालिमार्फत तीन शिकारीले तीन नाउर, तीन झरल र तीन बँदेल शिकार गर्ने अनुमति पाएकामा दुई नाउर मात्र शिकार गरेका छन्।
ओपन नेपाल वाइल्डलाइफ सफारिज एन्ड ट्रेक्स प्रालिमार्फत तीन शिकारीले एक नाउर, दुई झारल र तीन बँदेलको शिकार गर्न अनुमति पाएकामा एक नाउर र दुई झारलको शिकार गरेको उनले बताए। दोस्रो शिकार आयममा अमेरिका, अर्जेन्टिना, स्पेनिस, फ्रान्सबाट शिकारी आएका थिए। ढोरपाटनमा हरेक वर्ष (असोज–मंसिर) पहिलो र (फागुन–वैशाख) दोस्रो याममा शिकार हुने गर्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
