कैलालीमा घट्यो गहुँ उत्पादन

यस वर्ष ३२ हजार ८४० हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकामा एक लाख १० हजार १२ मेट्रिक टन उत्पादन भएको छ। गत वर्ष एक लाख १४ हजार ३१२ मेट्रिक टन उत्पादन भएको थियो।

फाइल तस्वीर।

अत्तरिया– कैलालीमा गत वर्षको तुलनामा गहुँ उत्पादन दुई हजार २९८ मेट्रिक टनले घटेको छ।

कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष ३२ हजार ८४० हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकामा एक लाख १० हजार १२ मेट्रिक टन उत्पादन भएको छ। गत वर्ष त्यति नै क्षेत्रफलमा गहुँखेती गरिएकामा एक लाख १४ हजार ३१२ मेट्रिक टन उत्पादन भएको थियो। 

गत वर्षको तुलनामा यस वर्ष गहुँको उत्पादकत्व पनि घटेको छ। गत वर्ष गहुँको उत्पादकत्व ३.४२ मेट्रिक टन प्रतिहेक्टर रहेकामा यस वर्ष ३.३५ मेट्रिक टन प्रतिहेक्टर भएको सूचना अधिकारी दुर्गाप्रसाद ओझाले जानकारी दिए। 

“उत्पादनमा केही कमी आएको छ। पानी आवश्यक पर्ने बेलामा वर्षा कम भयो, सबै किसानले उन्नत जातको बीउ प्रयोग नगर्दा उत्पादन घटेको हो,” ओझाले भने, “कार्यालयले उत्पादन वृद्धि गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा उन्नत जातको बीउ उपलब्ध गराउँदै आएको छ।”