नेप्से परिसूचक मंगलबार १५.०८ अंकले घटेर २६३१.९८ को विन्दुमा कायम भएको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। नेप्से परिसूचक १५.०८ अंकले घटेर २६३१.९८ को विन्दुमा कायम भएको हो। यो ०.५७ प्रतिशतको गिरावट हो।
मंगलबार ३११ कम्पनीको एक करोड ८४ लाख ९१ हजार ९४१ कित्ता शेयर ६६ हजार २६५ पटक खरिदबिक्री हुँदा सात अर्ब ५७ करोड ५२ लाख ६ हजार २७८ रुपैयाँ बराबरको कारोबार भएको छ।
मंगलबारको कारोबारमा ‘म्युचुअल फन्ड’ समूहको उपसूचक ०.०७ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै वित्त समूहको उपसूचक १.२२ प्रतिशतले घटेको छ।
बैंकिङ ०.५७, विकास बैंक ०.९०, होटल तथा पर्यटन ०.२०, लगानी ०.८३ र जीवन बिमा समूह ०.५४ प्रतिशतले घटेको छ। त्यसैगरी उत्पादन तथा प्रशोधन ०.३४, लघुवित्त ०.७८, निर्जीवन बीमा ०.३२, व्यापार ०.५१ र अन्य समूह ०.७५ प्रतिशतले घटेको छ।
यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै मध्य भोटेकोशी जलविद्युत् कम्पनीका शेयर मूल्य ९.९८ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा यस दिन सबैभन्दा धेरै सानिमामाई हाइड्रोपावरको ८२ करोड ४३ लाख ७३ हजार १३१ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै ङादी ग्रुप पावरको १६ लाख ९८ हजार ८४० कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
