आइतबार राति सम्पन्न खेलमा टोटनहमलाई ५–१ ले पराजित गर्दै लिभरपुलले चार खेलअघि उपाधि हात पारेको हो।
काठमाडौँ– लिभरपुलले इंग्लिस प्रिमियर लिग (ईपीएल)को उपाधि जितेको छ।
आइतबार राति सम्पन्न खेलमा टोटनहमलाई ५–१ ले पराजित गर्दै लिभरपुलले चार खेलअघि उपाधि हात पारेको हो। दोस्रो स्थानको आर्सनलको कमजोर प्रदर्शनका कारण लिभरपुललाई अन्तिम ५ खेलबाट मात्र १ अंक आवश्यक थियो। टोटेनहमका डोमिनिक सोलांकेले खेलको १२औं मिनेटमा गोल गर्दै लिभरपुलाई दबाबमा पारे। तर त्यो अग्रतालाई जोगाउन टोली असफल रह्यो।
घरेलु टोलीका लागि लुइस डियाजले १६ औँ मिनेटमा बराबरी गोल फर्काए। त्यसको ८ मिनेटपछि एलेक्सिस म्याक एलिस्टरको गोलमा लिभरपुल अगाडि लाग्यो। ३४ औँ मिनेटमा कोडी गाक्पोले गोल गरेपछि पहिलो हाफमा लिभरपुलले ३–१ को अग्रता कायम गर्यो। ६३ औँ मिनेटमा मोहम्मद सलाहले लिभरपुलको लागि चौथो गोल गरे।
डेस्टिनी उडोगीले आफ्नै पोस्टमा गोल गरेपछि लिभरपुलको अग्रता बढ्यो।
शीर्ष स्थानको लिभरपुलको ३४ खेलमा ८२ अंक पुगेको छ। समान खेलबाट ६७ अंकका साथ आर्सनल दोस्रो स्थानमा रह्यो। टोटनहम भने ३७ अंकसहित १६औं स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
