जेलभित्र असल चालचलन भएका ७० वर्ष उमेर पुगेका कसुरदारलाई ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कानूनी व्यवस्थाअनुसार शोभराज छुटेका हुन्।
काठमाडौँ– हत्यासहितका विभिन्न अपराधको सजाय काटिरहेका चार्ल्स शोभराज रिहा भएका छन्।
फ्रान्सेली नागरिक शोभराजलाई शुक्रबार केन्द्रीय कारागारले अध्यागमनमा बुझाउँदैछ। उनी दुईजनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भई १९ वर्षदेखि केन्द्रीय कारागारमा थिए। सर्वोच्च अदालतले ज्येष्ठ नागरिकले पाउने कैद छुट दिएपछि शोभराज रिहा भएका हुन्।
बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले उनलाई तत्काल जेलमुक्त गरी १५ दिनभित्र सम्बन्धित देशमा पठाइदिन आदेश दिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
