रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

शनिबार राति सेभिल्लामा भएको फाइनलमा बार्सिलोनाले रियल मड्रिडलाई ३–२ ले हराउँदै च्याम्पियन बनेको छ। 

काठमाडौँ– रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले कोपा डेल रेको उपाधि जितेको छ। 

शनिबार राति सेभिल्लामा भएको फाइनलमा बार्सा चिरपरिचित प्रतिद्वन्द्वी रियललाई ३–२ ले हराउँदै च्याम्पियन बनेको हो। 

बार्साका लागि पेड्री, फेरान टोरेस र जुल्स काउन्डेले गोल गरे। रियलका केलियन एम्बाप्पे र औरेलियन चौमेनीले गोल फर्काए।