पोखरालाई २–१ गोल अन्तरले पराजित गर्दै ललितपुर नेपाल सुपर लिग (एनएसएल) च्याम्पियन बनेको छ।
काठमाडौँ– ललितपुर सिटी नेपाल सुपर लिग (एनएसएल) च्याम्पियन बनेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको फाइनलमा पोखरा थन्डर्सलाई पराजित गर्दै ललितपुरले उपाधि जितेको हो।
एनएसएलको तेस्रो संस्करणमा अपराजित रहँदै ललितपुरले उपाधि जितेको हो। पोखरालाई २–१ गोल अन्तरले पराजित गर्दा ललितपुरका दुई विदेशी खेलाडी इमोह इजेकेल र पापा इबोउ केबेले १/१ गोल गरे। पोखराका सुदिल राईले एक गोल फर्काए।
ललितपुरले खेलको ४२औँ मिनेटमा इमोह इजेकेलको गोलबाट अग्रता लिएको थियो। पोखराका लागि सुदिल राईले ६३औँ मिनेटमा गोल गर्दै खेललाई बराबरी ल्याए। त्यसको ११ मिनेटपछि पापा इबोउ केबेले ललितपुरका लागि गोल फर्काए। उनले ७४औँ मिनेटमा गरेको गोल नै ललितपुरको जितका लागि निर्णायक बन्यो।
दोस्रो पटक उपाधि जित्ने सफल ललितपुरले नगद ८० लाख प्राप्त गर्नेछ। उपविजेता बनेको पोखराले ३० लाख प्राप्त गर्ने छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
