लिखुपिके गाउँपालिकाले घरमै गएर दीर्घरोगका बिरामीको स्वास्थ्य परीक्षण र औषधि प्रदान गर्ने योजना शुरू गरेको छ।
सोलुखुम्बु– लिखुपिके गाउँपालिकाले दीर्घरोगीलाई निःशुल्क औषधि प्रदान गरेको छ।
वार्षिक नीति तथा कार्यक्रमअनुसार पालिकाभित्रका दीर्घरोगीलाई औषधि वितरण गर्न थालेको हो। आर्थिक अवस्था कमजोर भएर स्वास्थ्य उपचारका लागि समस्या झेलिरहेका स्थानीयका लागि यो कार्यक्रम सञ्चालन गरेको पालिका अध्यक्ष मीना कार्की बस्नेतले बताइन्।
घरघरमै पुगेर औषधि वितरण र स्वास्थ्य परीक्षण गर्ने पालिकाले जनाएको छ। उपचारकै अभावमा नागरिकले ज्यान गुमाउन नपरोस् पालिकाको उद्देश्यका रहेको बस्नेतले बताइन्। बिरामी आफैँले पनि स्वास्थ्य संस्थाबाट निःशुल्क औषधि लिन सक्नेछन्।
औषधिको नाम टिपोट गर्न छुटाएका बिरामीले स्वास्थ्य संस्थामा सम्पर्क गर्नसक्ने स्वास्थ्य शाखाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
