आजको मौसमः सुदूरपश्चिम र कर्णालीमा हिमपातको सम्भावना

तराईमा हुस्सु/कुहिरोका कारण हवाई यातायात पनि प्रभावित हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

तस्वीर : रासस

काठमाडौँ– पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले पहाडी क्षेत्रमा आंशिक बदली हुने सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान तराईका केही भू–भागमा हुस्सु/कुहिरो लागेको छ। दिउँसो अधिकांश भागको मौसम सफा रहे पनि राति पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुनेछ।

यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। देशभरको मौसम घट्ने हुँदा दैनिक जनजीवन प्रभावित हुने सम्भावना छ।

हुस्सुका कारण सडक तथा हवाई यातायातमा पनि प्रभावित हुनसक्ने भएकाले सावधानी अपनाउन विभागको अनुरोध छ।