मुम्बईले बुधबार भएको खेलमा सन राइजर्स हैदरावादलाई सात विकेटले हराउँदै चौथो जित हात पारेको हो। हैदरावादको भने यो छैटाैँ हार हो।
काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले लगातार चौथो जित हात पारेको छ। मुम्बईले बुधबार भएको खेलमा सन राइजर्स हैदरावादलाई सात विकेटले हराउँदै चौथो जित हात पारेको हो। हैदरावादको भने यो छैटाैँ हार हो।
हैदरावादले दिएको १४४ रनको लक्ष्य मुम्बईले २६ बल बाँकी रहँदा तीन विकेटको क्षतिमा १४६ रन जोड्दै पूरा गर्यो। मुम्बईको जितमा रोहित शर्माले ७० रन जोडे। ४६ बलको सामना गरेका उनले आठ चौका र तीन छक्का प्रहार गरे। सूर्यकुमार यादवले १९ बलमा अविजित ४० रनको योगदान गरे। उनले पाँच चौका र दुई छक्का हिर्काए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावाद आठ विकेटको क्षतिमा १४३ रनमा सीमित भएको थियो। १३ रनमा चौथो तथा ३५ रनमा पाँचौँ विकेट गुमाएको हैदरावाका लागि हेन्रिक क्लासेन र अभिनव मनोहरले छैटौँ विकेटका लागि ९९ रनको साझेदार गरेका थिए।
मुम्बईका लागि ट्रेन्ट बोल्टले चार ओभरमा २६ रन खर्चेर चार विकेट लिए। उनी प्लेयर अफ द म्याच बने। दीपक चाहरले चार ओभरमा १२ रन खर्चेर दुई विकेट लिए। मुम्बईको ९ खेलमा १० अंक छ।
यो जितसँगै मुम्बई इन्डियन्स अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ। यसैगरी आठ खेलमध्ये दुई खेल मात्र जितेको हैदरावाद चार अंकसहित नवौँ स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
