दशरथ रंगशालामा रोबर्टो कार्लोसको ‘फ्रि किक’ (तस्वीरहरू)

जारी नेपाल सुपर लिगका लागि विशेष अतिथिको रूपमा नेपाल आएका फुटबलर कार्लोसले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुगेर खेलाडीको हाैसला बढाएका छन्।

काठमाडाैँ– ब्राजिलका फुटबलर रोबर्टो कार्लोसले आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुगेर खेलाडीको हाैसला बढाएका छन्।

फिफा विश्वकप २००२ विजेता तथा ब्राजिलका फुटबल आइकन कार्लोसले दशरथ रंगशालामा पुगेर नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को क्वालिफायर २ अवलोकन गरे। सोही क्रममा उनले फ्रि किकमार्फत दुई गोल हाने। पोखरा थन्डर्स र धनगढी एफसीविरुद्धक दोस्रो क्वालिफायरमा उनले गोल गरेका हुन्।

ललितपुर सिटी एफसीका गोलकिपर समित श्रेष्ठले गोलपोस्ट सम्हालेका थिए। उनले पाँच पटक प्रहार गरेकामा दुई वटा प्रहारलाई समितले रोके। एक प्रहार भने आकासिएको थियो।

विशेष अतिथिको रूपमा नेपाल आएका उनले नेपाली फुटबलप्रति चासो र समर्थन जनाएका छन्।

तस्वीरहरू: नेपाल फोटो लाइब्रेरी