पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको शेयरबजार परिसूचक नेप्सेले बुधबार पनि त्यही क्रमलाई निरन्तरता दिएको छ।
काठमाडाैँ– पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको शेयरबजार परिसूचक नेप्सेले बुधबार पनि त्यही क्रमलाई निरन्तरता दिएको छ। आज नेप्से ३२.३८ अंकले घटेर २,६५५.९४ विन्दुमा झरेको छ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। मंगलबार ८ अर्ब ३२ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३०८ कम्पनीको १ करोड ८४ लाख ७७ हजार कित्ता शेयर खरिदबिक्री हुँदा ७ अर्ब ५७ करोड ५५ लाख १७ हजार रुपैयाँबराबरको कारोबार भएको नेप्सेले जनाएको छ। नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमा आज पनि सकारात्मक सर्किट लागेको छ। अन्य स्टकहरूको मूल्य वृद्धिदर भने साढे ४ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएकामध्ये कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ९.०६ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन राधी विद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५८ करोड १९ लाख ८ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको साढे ५१ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने ङादी ग्रुप पावरको करिब ४१ करोडको शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये म्युचुअल फन्ड र उत्पादन तथा प्रशोधन उपसमूहबाहेक सबै उपसमूहको परिसूचक घटेको छ। म्युचुअल फन्ड ०.२१ प्रतिशत तथा उत्पादन तथा प्रशोधनको ०.३९ अंक बढेको छ। विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.०९ प्रतिशत घटेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
