मंगलबार नेप्से परिसूचक ९.९६ अंकले घटेर २६८८.३२ को बिन्दुमा कायम भएको छ भने आठ अर्ब ३२ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको ओरालो यात्राले मंगलबार पनि निरन्तरता पाएको छ। शेयर बजार मापक नेप्से परिसूचक तीन कारोबार दिनयता निरन्तर घटिरहेको हो।
आइतबार १६.६८, सोमबार ७.७५ अंकले घटेको नेप्से परिसूचक मंगलबार ९.९६ अंकले घटेर २६८८.३२ को बिन्दुमा कायम भएको छ। यस दिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ।
यस दिन विभिन्न ३१९ कम्पनीका दुई करोड २५ लाख तीन हजार ७१३ कित्ता शेयर ७१ हजार ६९८ पटक खरिदबिक्री भयो। जसबाट आठ अर्ब ३२ करोड १२ लाख ८२ हजार १८८ रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ। यसअघि सोमबार आठ अर्ब ७७ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ।
यस दिनको कारोबारमा अन्य समूह २.२१, उत्पादन तथा प्रशोधन १.१८ र होटल तथा पर्यटन ०.७९ प्रतिशतले बढेको छ। अरू सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै लगानी १.८७, व्यापार १.६५, विकास बैंक १.६१ प्रतिशतले घटेको छ। त्यस्तै, बैंकिङ ०.७३, वित्त ०.३५, जलविद्युत् ०.६७, जीवन बीमा ०.२४, लघुवित्त ०.३३, म्युचुअल फन्ड ०.४० र निर्जीवन बीमा ०.४१ प्रतिशतले घटेको छ।
नेपाल माइक्रो इन्स्योरेन्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स ९.९८ प्रतिशतले बढेको छ। त्यस्तै, कर्पोरेट विकास बैंकको शेयर मूल्य १० प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा यस दिन सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको ४४ करोड ६० लाख ३७ हजार ९४६ रुपैयाँ बराबर शेयर कारोबार भएको छ। शेयर संख्याका आधारमा यस दिन एनएमबी सुलभ लगानी कोष – २ को १८ लाख १७ हजार १७५ कित्ता खरिदबिक्री भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
