पर्यटकको संख्या बढेसँगै होटलमा बास पाउनसमेत मुस्किल भएको छ। खुम्बु क्षेत्रमा आएका अधिकांश पर्यटकले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रको भ्रमण गर्ने गरेका छन्।
सोलुखुम्बु– विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र पर्यटकले भरिभराउ बनेको छ। सोमबार मात्रै ६९४ पर्यटक खुम्बु प्रवेश गरेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ।
सिजन शुरू भएसँगै मौसमसमेत अनुकूल बनेकाले पर्यटक बढेको निकुञ्जका रेन्जर विवेक श्रेष्ठले जानकारी दिए। पर्यटकले होटलमा बास पाउनसमेत मुस्किल भएको सगरमाथा आरोही तेम्बाछिरी शेर्पाले बताए। लुक्लामा हवाई उडान पनि बाक्लिएको छ।
कोभिडपछि सुस्त बनेको पर्यटन व्यवसाय चलायमान हुन थालेको व्यवसायी बताउँछन्। यसले स्थानीयको आयआर्जन बढ्नुका साथै रोजगारीका अवसर वृद्धि हुन थालेको टेकिङ एजेन्सिस् एसोसिएसन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाको भनाइ छ।
उपाध्यक्ष शेर्पाका अनुसार लुक्ला, नाम्चेलगायत क्षेत्रका होटल पर्यटकले भरिएका छन्। खुम्बु क्षेत्रमा आएका अधिकांश पर्यटकले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रको भ्रमण गर्ने गरेका छन्। स्वदेशी तथा विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेसँगै निकुञ्जले राजस्व संकलनमा वृद्धि भएको छ।
निकुञ्जले सार्क राष्ट्रका पर्यटकबाट प्रतिव्यक्ति १ हजार ५०० रुपैयाँ, अन्य मुलुकका नागरिकबाट प्रतिव्यक्ति ३ हजार रुपैयाँ र नेपालीबाट १०० रुपैयाँ प्रवेश शुल्क लिने गरेको छ। उक्त राजस्वले देशको अर्थतन्त्रमा सहयोग पुर्याउँदै आएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुस्मा रानाले बताइन्।
अधिकांश पर्यटक काठमाडौँ र रामेछापको मन्थली विमानस्थल हुँदै लुक्ला पुग्ने गर्छन्। त्यहाँबाट नाम्चे, ट्याङबोचे, फेरुचे हुँदै सगरमाथाको आधार शिविरतर्फ यात्रा गर्ने गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
