आइतबार नेप्से परिसूचक १६.६८ अंकले घटेर २७०६.०४ को विन्दुमा कायम भएको छ।
काठमाडौँ– साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। आइतबार नेप्से परिसूचक १६.६८ अंकले घटेर २७०६.०४ को विन्दुमा कायम भएको हो।
यस दिन ३२८ कम्पनीको दुई करोड १३ लाख २३ हजार ९६७ कित्ता शेयर ७४ हजार ४५ पटक खरिदबिक्री हुँदा आठ अर्ब ४३ करोड ३५ लाख ८९ हजार ७८५ रुपैयाँ बराबरको कारोबार भएको छ।
यस दिनको कारोबारमा उत्पादन तथा प्रशोधन समूह ०.५२ र व्यापार समूह १.०२ प्रतिशतले बढेको छ। अरू सबै समूहको उपसूचक घटेको छ।
बैंकिङ ०.७०, विकास बैंक ०.७९, वित्त एक दशमलव २७, होटल तथा पर्यटन १.३६, जलविद्युत् १.२२ र लगानी समूह ०.०६ प्रतिशतले घटेको छ।
त्यस्तै, जीवन बिमा ०.८७, लघुवित्त ०.५४, म्युचुअल फन्ड ०.२३, निर्जीवन बीमा ०.२२ र अन्य समूह १.०३ प्रतिशतले घटेको छ।
यस दिनको कारोबारमा सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ। त्यस्तै, हिमालयन पावरको शेयर मूल्य सबैभन्दा धेरे ७.३३ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा यस दिन सबैभन्दा धेरै राधी विद्युत् कम्पनीको ६८ करोड ७६ लाख ९७ हजार ३६८ रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबार भएका शेयर संख्याका आधारमा भने बलेफी हाइड्रोपावरको सबैभन्दा धेरै २४ लाख ८३ हजार ७६३ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
