नयाँ वर्षका दिन शुभारम्भ गरिएको पर्यटन वर्षका लागि १०० बढी गन्तव्यहरू सरकारले नै तयारी गरिसकेको छ। ८२ गन्तव्यहरूको पहिचान गरी सूची नै तयार भएको छ।
इटहरी– कोशी प्रदेश सरकारले २०८२ साललाई कोशी पर्यटन वर्ष घोषणा गरेको छ। कोशी प्रदेशको विकास, समृद्धि र पर्यटन प्रवर्द्धनका लागि आधार खडा गर्ने मुख्य उद्देश्यसहित पर्यटन वर्षको शुभारम्भ गरिएको हो।
नयाँ वर्षका दिन शुभारम्भ गरिएको पर्यटन वर्षका लागि १०० बढी गन्तव्यहरू सरकारले नै तयारी गरिसकेको छ। ८२ गन्तव्यहरूको पहिचान गरी सूची नै तयार भएको छ।
नयाँ गन्तव्यहरूको पहिचान गरी सोही अनुसारको पूर्वाधार विकासमा प्रदेश सरकारले योजनाहरू अघि सारिसकेको छ। कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन वर्षलाई सफल बनाएर प्रदेशलाई समृद्ध बनाउने अभियानमा लाग्न अपिल गरेका छन्। कोशी प्रदेशमा रहेका सम्भावना बोकेका र धेरैको रोजाइमा परेका प्रमुख १० पर्यटकीय गन्तव्य यसप्रकार छन्:
पाथीभरा
ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) कोशी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो। चीन र भारत दुवैसँग सिमाना जोडिएको जिल्ला ताप्लेजुङको पाथीभरा खासगरी हिन्दू धर्मावलम्बीहरूका लागि पवित्र तीर्थस्थल मानिन्छ।
समुद्री सतहबाट करिब ३ हजार ७९४ मिटर उचाइमा अवस्थित पाथीभरामा मनोकामना पूरा हुने विश्वासले तीर्थयात्री पुग्ने गरेका छन्। हरियाली वनजंगल, सुन्दर हिमालको दृश्यावलोकनका साथै सांस्कृतिक विविधताले समेत भरिपूर्ण पाथीभरा क्षेत्रमा गन्तव्यलाई थप मनोरम बनाउन मद्दत पुग्ने नै छ।
मेची राजमार्गको सवारी यात्रा त्यसपछि चार घण्टाको पैदलपछि मन्दिर पुग्न सकिन्छ। यस धार्मिक पर्यटकीय गन्तव्यलाई सफल र मनोरञ्जनात्मक बनाउन तातो लुगा, वर्षातको तयारी, औषधि र आवश्यक खाद्य सामग्री जरुरी पर्छ।

वराहक्षेत्र
सुनसरीस्थित वराहक्षेत्र धाम पनि यात्राका लागि प्रमुख गन्तव्यका रूपमा पर्न सक्छ। वराहक्षेत्र यात्राका लागि त्यति कठिन छैन। यात्राका क्रममा खुवालुङ क्षेत्रका साथै हरियाली वनजंगल र सप्तकोशीको सुन्दर रसपानले मनै आनन्दित हुने दृश्यसमेत देख्न सकिन्छ। जुनसुकै समयमा पनि आउन सकिने वराहक्षेत्रमा खासगरी कात्तिक पूर्णिमा, मकर संक्रान्ति, विभिन्न एकादशीहरूमा मेला लाग्ने गर्छ।
भेडेटार
धनकुटाको साँघुरीगढी गाउँपालिकामा रहेको भेडेटार कोशी प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्र हो। यातायातको सहज पहुँच, चिसो सुन्दर हावापानी, भौतिक संरचनाका साथै रमणीय ठाउँहरूको अवलोकनका लागि मानिस आउने गर्छन्। स्काईवाक, जिपलाईन, नमस्ते झरना, राजारानी पोखरी, त्यहाँको पाथीभरा मन्दिरको दर्शन, भ्यु टावरका साथै होमस्टेको लागि भेडेटारलाई यात्राका रूपमा गन्तव्य बनाउन सकिन्छ। प्रदेशको राजधानी विराटनगरबाट ४३ किलोमिटर उत्तरमा रहेको भेडेटार सहज र सुलभ पर्यटकीय क्षेत्र हो। यस क्षेत्र अध्ययन तथा अवलोकनकाका साथै शैक्षिक भ्रमणका लागिसमेत उपयुक्त क्षेत्रका रूपमा लिन सकिन्छ।
इलाम
कोशी प्रदेशलाई सूर्योदयको प्रदेश भनिएझैँ इलामबाटै सुर्योदय हेर्न सकिन्छ। बिहानीको शुरूआत नै इलामले गर्ने भएकाले पनि इलाम आफैमा विशेष छ। चिया बगान, अन्तुडाँडा, सन्दकपुर, माईपोखरी, सिद्धिथुम्का जस्ता पर्यटकीय गन्तव्य इलामले प्याकेजका रूपमा पाएको छ। यसका अलावा इलामलाई अध्ययन तथा अवलोकनकाका साथै शैक्षिक भ्रमणका लागिसमेत उपयुक्त क्षेत्रका रूपमा लिन सकिन्छ। होमस्टे, होटलका साथै रिर्सोटको उचित प्रवन्ध भएको इलाम मेची राजमार्ग हुँदै यातायातको सहज पहुँच राख्न सकेको छ। अनुकूल हावापानी र रमणीय दृश्य र न्यानो आतिथ्यले मन लोभ्याउन सक्छ।

साल्पा पोखरी
साल्पा पोखरीलाई पनि प्रदेशको आकर्षक गन्तव्यका रूपमा लिन सकिन्छ। भोजपुरमा रहेको हिन्दू, बौद्ध र किरात धर्मावलम्वीहरूको प्रमुख गन्तव्यका रूपमा लिइने पोखरी प्राकृतिक विविधताले भरिपूर्ण छ। तीन हजार ४४३ मिटरको उचाइमा रहेको पोखरीको यात्रा भने त्यति सहज छैन। मुन्धुम ट्रेलले जोडिने यो पर्यटकीय गन्तव्यमा जाँदा केही योजना बुनेर जानु उत्तम देखिन्छ। पैदल यात्रा र पहाडी भेगलाई समेत बुझ्न सकिएमा यहाँको यात्रा रमणीय र आनन्दित हुन्छ। यात्राका क्रममा देखिने प्राकृतिक संरचनाका साथै हावापानी र मौसमले मनै आनन्दित तुल्याउँछ। यसलाई ट्रेकिङ गन्तव्यका रूपमा अपनाउन पनि सकिन्छ।
नाम्चे बजार
हिमाली जिल्ला सोलु आफैमा पर्यटकीय गन्तव्य भएको जिल्ला हो। विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको जिल्लाको मुख्य गन्तव्यका रूपमा नाम्चे बजारलाई लिन सकिन्छ। पद यात्राका लागि समेत महत्त्वपूर्ण मानिने यो बजार सगरमाथा सहितका हिमशृंखलाको दृश्यावलोकनका साथै शेर्पा समुदाय र हिमाली रहनसहन बुझ्नका लागि नाम्चे बजार जानुपर्ने मुख्य गन्तव्य पर्न सक्छ। तीन हजार ४४० मिटरको उचाइमा रहेको यस क्षेत्र जाँदा विशेष योजनाका साथ जानका लागि आवश्यक छ। सडक मार्गबाट सल्लेरीसम्म पुग्ने र त्यसपछि पाँच दिनको ट्रेकिङ गर्न सकिन्छ। हवाईबाट काठमाडौँ–लुक्ला उत्रिसकेपछि थप गन्तव्य तय गर्न सकिन्छ।
मुन्धुम ट्रेल
खोटाङ, भोजपुर र संखुवासभा जोडिएको यो ट्रेकिङ गन्तव्य पर्यटन वर्षको रोजाइमा पार्न सकिन्छ। खोटाङको दिक्तेलबाट शुरू हुने यो ट्रेक यात्रा संखुवासभाको सिलिचोङमा पुग्न सकिन्छ। किरात सभ्यता संस्कृतिका साथै पहिचान बोकेको यो मार्गले पर्यटन वर्षलाई स्वागत गर्न सक्छ। कम्तीमा १० दिनको यात्रा योजनाका साथ गाउँका परिवेश बुझ्नका लागि पनि यो योजनाबद्ध पर्यटकीय गन्तव्य हो। पहाडी, हिमाली भेग र त्यसमाथि पैदल यात्रा हुने हुँदा आवश्यक ट्रेकिङ गाइडका साथ गएमा आवश्यक सहजता प्रदान गर्छ।
हलेसी
तीन धर्म (हिन्दू, बौद्ध र किरात) को संगमस्थल खोटाङ जिल्लामा अवस्थित हलेसी प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्छ। समुन्द्र सतहबाट १ हजार ४४४ मिटरको उचाइमा रहेको हलेसी हिन्दुहरूका लागि पूर्वको पशुपतिले समेत परिचित छ।
किरात समुदायको आदिम भूमि, बौद्धमार्गीहरूका लागि दोस्रो लुम्बिनी आफैमा प्राकृतिक दृष्टिले समेत यात्रा गर्नैपर्ने स्थानका रूपमा लिन सकिन्छ। यहाँ पनि आफ्नो मनोकांक्षा पूरा गर्नका लागि पर्यटक आउने गर्छन्। सवारीसाधनको प्रयोगबाटै पुग्न सकिने हलेसी सहज गन्तव्यसमेत बन्न सक्छ। हलेसी क्षेत्रमा आवश्यक वासस्थानको उचित व्यवस्था रहेको छ।

वसन्तपुर
गुराँसको राजधानी समेत भनेर चिनिने तेह्रथुम आफै पनि पर्यटकीय गन्तव्य हो। नेपालको राष्ट्रिय फूलको अवलोकन, पहाडी हावापानीको अनुभवका लागि त्यहाँ जान सकिन्छ। वसन्तपुर व्यापारिक केन्द्रसमेत हो। तराईबाट सहज ढंगबाट पुग्न सकिने वसन्तपुर घुम्नलायक गन्तव्य हो।
केचनाकवल
नेपालको होचो भूभाग भनेर चिनिने केचनाकवल पनि अवलोकनका लागि धेरैलाई उत्सुक हुन सक्दछ। झापामा रहेको केचनाकवल समुद्री सतहबाट ६० मिटरको उचाइमा छ। यात्राका लागि सहज पहुँच रहेको यो गन्तव्य घुम्नका साथै कृषिभण्डार मानिने तराईको क्षेत्र अवलोकनका लागि केचनाकवललाई रोज्न सकिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
