पीएसजीको अभ्यासमा फर्किए एमबाप्पे

केलियन एमबाप्पे १० दिने बिदा रद्द गरेर बुधबारबाटै पेरिस सेन्ट जर्मेन (पीएसजी)को प्रशिक्षणमा पुगेका पुगेका छन्।

काठमाडौँ– फ्रान्स फुटबल टोलीका स्ट्राइकर केलियन एमबाप्पे कतार विश्वकप २०२२ को फाइनलमा पराजित भएको ७२ घण्टाभित्र अभ्यासमा फर्किएका छन्। 

२४ वर्षीय एमबाप्पेको मंगलबार जन्मदिन थियो। विश्वकपको थकानबाट मुक्त हुन उनी १० दिने बिदामा जाने अपेक्षा गरिएको थियो। तर, उनी १० दिने बिदा रद्द गरेर बुधबारबाटै पेरिस सेन्ट जर्मेन (पीएसजी)को प्रशिक्षणमा पुगेका हुन्।

यसैबीच, उनका पीएसजीका सहयात्री तथा अर्जेन्टिनाका कप्तान लिओनल मेस्सी भने आफ्नो देशमा आफ्ना सहकर्मीसँग खुसी मनाइरहेका छन्।

पीएसजीले डिसेम्बर २८ मा स्ट्रासबर्गसँग लिग–१ (फ्रेन्च लिग) खेल खेल्ने छ। यो खेलमा एम्बाप्पेले खेल्नसक्ने अनुमान गरिएको छ। पीएसजीले नै एम्बाप्पे अभ्यासमा आइसकेको जानकारी दिएको छ। उनले यस सिजन पीएसजीका लागि २० खेलमा १९ गोल गरेका छन्।